कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ

पाेखरा | साउन १०, २०८३

कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ

पोखरा —   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

 

माछापुच्छ्रे गाउँपालिका–१ टुँसे बस्ने सुरेश परियारको घरमा अवैध हतियार लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ पुर्णगाउँ घर भई हाल पोखरा महानगरपालिका–५ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभाको मकालु गाउँपालिका–३ घर भई हाल कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घाचोक बस्ने २२ वर्षीय सुदिप बिश्वकर्मा रहेका छन्।

 

बगरस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले सुरेश परियारको घरमा डेरा गरी बस्ने सुदिप बिश्वकर्माको कोठा खानतलासी गर्दा उक्त हतियार फेला पारेको हो।

 

कोठाभित्र खाटको पछाडि बोरामा लुकाई राखेको अवस्थामा काठ र फलामबाट बनेको, ट्रिगर सहितको २ वटा चिन्नी र तार जडान भएको अवैध घरेलु हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्